यो पाली खास कहाँ चुक्यो सेना ?
भदौ २४ गते राति १० बजेपछि परिस्थिति पूर्ण नियन्त्रणमा लिनसक्ने सेनाले केपीको राजीनामा नआउञ्जेल परमाधिपति निवास (शीतलनिवास) र सिंहदरबार जोगाउन माखो मार्न नहुने अवस्था किन सिर्जना भयो होला ? जबकि सिंहदरबार र शीतलनिवासमा सशस्त्र विद्रोह नै भए पनि छेक्नसक्ने फौज तैनाथ छ ।रुक्मांगत कटवाललाई पनि रामबहादुर थापा बादल (तत्कालीन रक्षामन्त्री) ले मन्त्रालयमै अल्मल्याएर कुलबहादुरलाई चिफको जिम्मेवारी सम्हाल्न पठाएका थिए । रुक्मांगत रिसाएर मन्त्रालय छाडी जंगी अड्डा जाँदा कुलबहादुर चि…