जनमोर्चाका कृष्ण थापाको पद खारेज (आदेशसहित)
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । सर्वोच्चले थापालाई थमौती गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरेपछि उनी पदमुक्त भएका हुन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले परिस्थितिमा परिवर्तन आएकोले अघिल्लो अन्तरिम आदेश खारेज गरेको हो ।
‘यस अदालतबाट जेठ २३ गते जारी भएको अन्तरिम आदेशपश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदक कृष्ण…