व्यापारीसँग 'दान' लिएर एमालेले कार्यालय बनाउन लागेकोप्रति काँग्रेसको विरोध
भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय बनाइदिन लागेको विषय विवादमा परिरहेका बेला सत्ता साझेदार दल नेपाली काँग्रेसले पनि असन्तुष्टि जनाएको छ ।
व्यापारीसँग सहयोग लिएर पार्टी कार्यालय बनाउने निर्णय नसच्याउने एमालेको प्रष्टोक्ति सार्वजनिक भैरहँदा कांग्रेसका प्रभावशाली नेताहरुले प्रतिक्रिया दिएका हुन् । महामन्त्री विश्वप्रकाश शर्माले व्यापारीको सम्पतिमा देशकै ठूलो कम्युनिष्ट पार्टीले कार्यालय बनाउँदा लाखौँ नेता-कार्यकर्ताको अपमान हुनेतर्फ…