मोसो दलेपछि मात्रै सबै मख्ख
लक्ष्मी पौडेल
जेठ २८ गते नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई माओवादी विप्लव समूहका कार्यकर्ताले मोसो दले । अघिल्लो दिन धनुषा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामपरीक्षण यादवलाई नेविसंघ र तरुण दलका कार्यकर्ताले त्यसै गरे ।
काम नगरेको, घुस खाएको, अनियमितता र मनपरी गरेको जस्ता अनेकन आरोपमा विभिन्न समूहले पटक–पटक कर्मचारी, जनप्रतिनिधि, नेता, शिक्षकजस्ता व्यक्तिलाई मोसो दलेका घटना सार्वजनिक भइरहन्छन् । तर, त्यसो गर्नासाथ सबै समस्या समाधान भए त …