नौ जना मिलेर एक जनामाथि खुकुरी प्रहार
आर्थिक कारोबार तथा प्रेमसम्बन्धी विवादमा खुकुरी हान्ने नौ जनाको समूहलाई प्रहरीले समातेको छ । दोलखा घर भई हाल काठमाडौं बस्ने विकास लामासहितको समूहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्रेको हो ।
ललितपुरको महालक्ष्मी बस्ने सुरज खड्कालाई उनीहरुले हिजो शंखमूल पुल नजिकैको फलफूल पसल अगाडि खुकुरी प्रहार गरेका थिए । खड्कालाई गम्भीर घाइते बनाई फरार उनीहरुलाई महाशाखाको टोलीले खुकुरी र मोटरसाइकलसहित आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजेश बुढाथोकी, रोशन लामा, पुकार केसी, …