रुस अमेरिकी प्रभावका अन्तर्राष्ट्रिय संघ/संगठनहरुबाट बाहिरियो

रुस अमेरिकी प्रभावका अन्तर्राष्ट्रिय संघ/संगठनहरुबाट बाहिरियो

युक्रेनमाथि आक्रमण गरेको भन्दै अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्धको घोषणा गरेपछि रुसले पनि त्यसको जवाफमा विभिन्न निर्णय गर्न थालेको छ । उसले बेलायतका केही मन्त्री र २८७ सांसदलाई रुस प्रवेशमा रोक लगाएको छ ।

यता विश्व पर्यटन संगठनबाट पनि रुसले बाहिरिने निर्णय गरेको छ । विशेषगरी अमेरिकाको प्रभावमा परेर विभिन्न निर्णय गरेको आरोप लगाउँदै रुसले राष्ट्र संघका कतिपय संग संस्थासँग अलग्गिने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महासचिव जुराव पोलोलिकासभिलीका अनुसार रुसले उक्त संगठनबाट बाहिरिने लगभग निर्णय गरिसकेको छ ।

टिप्पणीहरू