चितवनको सामुदायिक वनमा मृत पाटेबाघ

चितवनको सामुदायिक वनमा मृत पाटेबाघ

चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित हरियाली सामुदायिक वनमा पाटेबाघ मृत फेलापरेको बताइएको छ ।

निकुञ्ज प्रशासनका अनुसार सम्भवतः उक्त बाघ एक आपसमा जुधेर मरेको हुनसक्छ । मृत पोथी बाघ अन्दाजी सात वर्षको अनुमान गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय एक सय २८ वटा बाघ गणना गरिएको थियो ।

टिप्पणीहरू