चुनाव स्थानीय तहको,म्यादी प्रहरी प्रतिनिधिसभा र प्रदेशसभाको ?

चुनाव स्थानीय तहको,म्यादी प्रहरी प्रतिनिधिसभा र प्रदेशसभाको ?

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । तर प्रहरी प्रधान कार्यालयले घोषणा नै नभएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचननिम्ति म्यादी प्रहरी भर्नाको सूचना प्रकाशित गरेको छ ।

प्रहरीको सूचनामा २०७८ सालमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निम्ति म्यादी प्रहरी भर्ना गर्न लागिएको भनिएको छ । २०७८ मा कुनै निर्वाचन घोषणा गरिएको छैन । यो वर्ष अब जम्माजम्मी ३५ दिन बाँकी छ । त्यसपछि नयाँ वर्ष २०७९ शुरु हुन्छ ।

स्थानीय तहको निर्वाचन पनि २०७९ बैशाख ३० गते गर्ने भनिएको छ । तर प्रहरीले कहिलेको निर्वाचनको निम्ति म्यादी प्रहरी मागेको ? सबै रनभुल्लमा परेका छन् ।

“आगामी चुनावको मिति उल्लेख नभएको,२०७८ सालको चुनावको निम्ति भनिएको, निवेदन पेश गर्ने अन्तिम मिति नतोकिएको गैरजिम्मेवार सूचना प्रहरीले सार्वजनिक गरेपछि सर्वसाधारण अन्यौलमा परेका छन् ।”

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग,भर्ना तथा छनौट शाखाले १ लाख १८ हजार जना म्यादी प्रहरीको निम्ति आवेदन माग गरेको छ । तर सूचनामा योग्यता र प्राथमिकता तोके पनि दरखास्त कहिलेसम्म पेश गर्न पाइन्छ भन्नेबारे केही उल्लेख छैन ।

आगामी चुनावको मिति उल्लेख नभएको,२०७८ सालको चुनावको निम्ति भनिएको, निवेदन पेश गर्ने अन्तिम मिति नतोकिएको गैरजिम्मेवार सूचना प्रहरीले सार्वजनिक गरेपछि सर्वसाधारण अन्यौलमा परेका छन् । स्वयम् सुरक्षा निकाय सरकारी निर्णयहरुबारे कति बेखबर छ भन्ने प्रमाण पनि यो सूचनाले पुष्टि गरेको छ ।

टिप्पणीहरू