कर्मचारीलाई कोरोना लागेपछि मालपोत कार्यालय बन्द

कर्मचारीलाई कोरोना लागेपछि मालपोत कार्यालय बन्द

विराटनगरस्थित मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि र अरुमा लक्षण देखिएपछि अनिश्चितकालको निम्ति कार्यालय बन्द गरिएको हो ।

कार्यालयले आज जारी गरेको सूचनमा अर्को सूचना नभएसम्मको लागि कार्यालय बन्द भएको उल्लेख छ । सूचनामा भनिएको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान गर्न कार्यालय असमर्थ छ ।

तेस्रो चरणको कोरोना कहरसँगै कोशी अस्पतालका चिकित्सकहरुमासमेत कोरोना संक्रमण पुष्टि भएको छ । जसका कारण अस्पतालका सेवा पनि प्रभावित भएको छ ।

टिप्पणीहरू