लुम्बिनीमा आइतबार पनि बिदा

लुम्बिनीमा आइतबार पनि बिदा

लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसर पारेर दुई दिन प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले माघी तथा माघे संक्रान्तिको अवसर पारेर आइतबार पनि बिदा दिने भएको हो ।

प्रदेश सरकारको अघिल्लो वर्षको चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार पर्सि आइतबारका दिन पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आवश्यकताअनुसार प्रदेशभर र कुनै क्षेत्र, भेगअनुसार दिने पाउने छ दिनको बिदामध्ये आइतबार बिदा दिन लागिएको मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकले बताउनुभयो ।

उहाँकाअनुसार माघे संक्रान्तिका दिन केन्द्र सरकारले नै बिदा दिएको तथा शनिबारसमेत परेकाले थप बिदा दिनुपर्ने निर्णयअनुसार माघ २ गते पनि बिदा दिइएको हो ।

लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लाहरूमा थारू समुदायको बाहुल्यता छ । विशेषगरी नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा रहेका थारू समुदायले धेरै पहिलेदेखि माघी पर्व पाँच दिनसम्म मनाउँदै आएका छन् ।

टिप्पणीहरू