ताप्लेजुङमा फेरि हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा फेरि हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रो पटकको हिमपातले जनजीवन प्रभावित बनेको छ । समुद्र सतहदेखि तीन हजार चार सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६, घुन्सागाउँलगायत क्षेत्रमा गए राति परेको बाक्लो हिमपातले जाडो बढाएको छ ।

अत्यधिक जाडोका कारण जनजीवन प्रभावित बनेको हो । त्यहाँ अत्यधिक चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको भन्दै स्थानीयले चिन्ता लिएका छन् । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुगोला र याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको छ ।

भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६, तोक्पेगोला र पापुङमा समेत हिमपात भएपछि सबैतिर चिसो बढेको हो । यो वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो ।

टिप्पणीहरू