सम्पत्ति विवरण नबुझाए सदस्य बन्न नपाइने

सम्पत्ति विवरण नबुझाए सदस्य बन्न नपाइने

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाइएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाउन लागिएको जानकारी दिइएको छ ।

चल अचल सम्पत्तिदेखि बैंक मौज्दात एवम् सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुमकुमार कार्कीले प्रस्ताव पेश गर्नुभएको हो ।

‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्तावमा उल्लेख छ, ‘चालु आर्थिक वर्षका लागि माघ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’

टिप्पणीहरू