अब जापानमा बिबाह गर्न विपरित लिङ्गी नचाहिने

अब जापानमा बिबाह गर्न विपरित लिङ्गी नचाहिने

जापानको राजधानी टोक्योमा समलिङ्गी विवाहलाई मान्यता दिन लागिएको छ । टोक्यिो महानगर सरकारले त्यस्तो बिबाहको अनुमतिको निम्ति आवश्यक प्रक्रिया प्रारम्भ गरेको छ ।

आगामी अप्रिल महिनादेखि टोक्योले समलिङ्गी बिबाहलाई प्रभावकारी रूपमा अनुमति दिने प्रणाली सुरु गर्न लागेको त्यहाका गभर्नर युरिको कोइकेले जानकारी दिएकी छन् ।

‘महानगरसभामा सर्वसम्मतिले उक्त प्रस्ताव अनुमोदन गरेपछि १ करोड ४० लाख जनसंख्या भएको सहरको स्थानीय सरकारले समलिङ्गी साझेदारी योजना लागू गर्न लागेको हो,’उनले भनिन् ।

टोकियोका केही स्थानीय वार्ड र नजिकैको नगरपालिकाहरूले यसअघि नै समलिङ्गी जोडीहरूलाई आधिकारिक रूपमा मान्यता दिनुपर्ने प्रस्ताव गरिसकेका थिए । आलोचकहरुले नयाँ व्यवस्थाले जापानको परम्परागत समाजमा विकृति भित्र्याउने भन्दै बिरोध गरेका छन् ।

उत्तरी जापानको सापोरोस्थित एक अदालतले गत मार्चमा समलिङ्गी जोडीहरूबीच बिबाह हुन नसक्ने भन्ने निर्णयलाई असंवैधानिक ठहर गरेको थियो । उक्त आदेश नै जापानमा समलिङ्गी विवाहको वैधानिकता सम्बन्धी पहिलो निर्णय भएको बताइन्छ ।

जापानमा सन् १९८० देखि समलिङ्गी जोडीलाई कानुनी मान्यता दिइएको छ । र अन्य एसियाली राष्ट्रहरूको तुलनामा जापान यो मामिलामा अपेक्षाकृत उदार रहेको सीएनएनले जनाएको छ ।

हालसम्म एसियामा समलिङ्गी विवाहलाई ताइवानले मात्र वैधानिकता दिएको छ ।

टिप्पणीहरू