जात व्यवस्था उन्मूलन गर्ने कमिटी बन्यो

जात व्यवस्था उन्मूलन गर्ने कमिटी बन्यो

जात व्यवस्था उन्मूलन मोर्चा नेपालको प्रथम सुर्खेत जिल्ला भेला सम्पन्न भएको छ । सम्पूर्ण जात व्यवस्था विरोधी न्यायप्रेमीहरू एक होऔं भन्ने मूल नाराका साथ हिजो मोर्चाले जिल्ला भेला सम्पन्न गरेको हो ।

मोर्चाका सचिव महावीर विश्वकर्माको उपस्थितिमा सम्पन्न भेलाले जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, सुर्खेत जिल्ला समिति गठन गरेको छ । अस्मिता वादीको संयोजकत्वमा मोर्चाले ११ सदस्यीय समिति गठन गरेको हो ।

जिल्ला भेलाले गठन गरेको समितिमा रमेश विक, भीम नेपाली, सीता विक, मीना विक, टेकेन्द्र विक, दुर्गबहादुर नेपाली, विकास विक, सन्तोषी विक, सुवास परियार तथा विकास वादी रहेका छन् ।

टिप्पणीहरू