शक्तिपीठहरुमा घुईंचो, जनकपुरमा पनि रातिबाट बलि

शक्तिपीठहरुमा घुईंचो, जनकपुरमा पनि रातिबाट बलि

दशैंको आठौं दिन महाअष्टमी हो । आज मुलुकभरका शक्तिपीठहरुमा सर्वसाधारणको घुईंचो लागेको छ । राजधानीका केही शक्तिपीठमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह पूजा गर्ने कार्यक्रम छ ।

उता जनकपुरमा पनि धनुषाका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । राजा जनकको कूल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामका विभिन्न स्थानमा आज विवाहित महिलाहरुको भीड बढी देखिएको हो ।

“मिथिलामा छोरीको बिदाइभन्दा पहिले खोँइछ दिने परम्परा छ । “

विवाहित महिलाले सप्तमी तिथिदेखि नै खोँइछ भर्ने चलन छ । खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक,मुरली चोक,पिडरिया माइलगायतका स्थानमा पुगेका हुन् ।

प्रसाद चढाउन गए रातिदेखि नै श्रध्दालूहरुको ठूलो लाइन लागेको हो । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको ठूलो भीड लाग्ने स्थानीयहरु बताउँछन् । मिथिलामा छोरीको बिदाइभन्दा पहिले खोँइछ दिने परम्परा छ ।

“खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक,मुरली चोक,पिडरिया माइलगायतका स्थानमा पुगेका हुन् ।”

जनकपुरमा आज रातिदेखि शक्तिपीठहरुमा बलि दिने तयारी छ । त्यसको निम्ति भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु बोकाबलीको लागि आउन थालेका छन् । राजदेवी मन्दिरमा हरेक वर्ष हजारौँको संख्यामा बलि दिने गरिन्छ ।

टिप्पणीहरू