कारण बिनै गाडीको भाउ बढाइएपछि…

कारण बिनै गाडीको भाउ बढाइएपछि…

दशैँको मुखमा सरकारले सार्वजनिक यातायातको भाडाबृध्दि गरेपछि यात्रुहरु आक्रोशित भएका छन् । सरकारले व्यवसायीलाई च्यापेर यात्रुलाई मार पर्नेगरी चाडपर्वको मुखमा भाडा बढाएको उनीहरुको गुनासो छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत बुधबार भाडा समायोजन गर्ने निर्णय गरेको थियो । कात्तिक १ गतेदेखि लागू हुनेगरी भाडा समायोजन गरिएको भए पनि यातायात व्यवसायीहरुले अहिले नै असुल गर्न थालेपछि यात्रु आक्रोशित बनेका हुन् ।

त्यसो त,दशैँको मुखमा हरेक वर्ष यातायात व्यवसायीहरुले मनलाग्दी भाडा लिने गरेको गुनासो सुनिने गरेको छ । तर, यसवर्ष भने सरकारले नै भाडा बृध्दि गरेको हो । सरकारले भाडा बढाउने निर्णय गर्नुअघि नै व्यवसायीले आफूखुशी भाडा उठाउन थालेको गुनासो आएको थियो।

सरकारले २३ प्रतिशत भाडा बढाएको भने पनि यातायात व्यवसायीले त्योभन्दा बढी लिने गरेको यात्रुको गुनासो छ । बाग्मती प्रदेश सरकारले यसअघि असार २७ गते पनि लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा २८ प्रतिशतले भाडा बढाएको थियो । असोज १० गतेदेखि नयाँ भाडा कार्यान्वयनमा आइसकेका बेला सरकारले पुन: भाडा बढाएको हो ।

भाडा बढेपछि पोहोर १७ सय तिरेर घर पुग्ने यात्रुले यो वर्ष २५ सय रुपिँया तिर्न पर्ने अवस्था आएको छ ।

टिप्पणीहरू