गाँजा खेतीलाई वैधानिकता दिन जुलुश’

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै राजधानीको सडकमा नारा लागेको छ । गाँजा खेतीलाई वैधानिकता दिन उनीहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् ।

माइतीघरमा नेपाल गाँजा वैधानिक महाअभियानका युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुई साताअघि नेपाल प्रहरीले गाँजासहित पक्राउ परेका राजीव काफ्लेको रिहाईको समेत माग गरेका छन् ।

महाअभियानका संयोजक जोसेफ मदन कोइरालाको नेतृत्वमा भएको उक्त कार्यक्रममा प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ, देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू