तीन यात्री अन्तरिक्षबाट यसरी ओर्लिए

तीन यात्री अन्तरिक्षबाट यसरी ओर्लिए

चीनको हालसम्मकै लामो अन्तरिक्ष अभियानपछि तीन जना यात्री सकुशल पृथ्वीमा अवतरण गरी आफ्नो गृहनगर राजधानी बेइजिङ पुगेका छन् । उनीहरु ९० दिन लामो अन्तरिक्ष यात्रामा थिए ।

मानवयुक्त अन्तरिक्ष यानको क्याप्सुल सनचौ–१२ नेइ हाइसङ,लिउ पोमिंग र थाङ होंगपोलाई बोकेर चिनियाँ समयअनुसार हिजो दिउँसो साढे १ बजे चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको तोङफङमा सुरक्षित तवरले अवतरण गरेको थियो ।

उनीहरुलाई पृथ्वीको सतहमा विशेष खालको कुर्सीमा बस्ने व्यवस्था मिलाइएको थियो । भित्री मंगोलियाबाट पनि विशेष कुर्सीसहित विशेष विमानमा राखेर राजधानी बेइजिङ पुर्याईंदा रात परिसकेको थियो । तर पनि विमानस्थलमा तीनै जना अन्तरिक्ष यात्रीको भव्य स्वागत भयो ।

तीन महिना लामो अन्तरिक्ष बसाईपछि पनि उनीहरुको स्वास्थ्य अवस्था निकै राम्रो रहेको सिन्ह्वाको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू