दिनमा सेविका, रातकी प्रेमिका « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

दिनमा सेविका, रातकी प्रेमिका

प्रकाशित मिति :  १ श्रावण २०७४, आईतवार १९:०७


  • राजेन्द्र स्थापित

एन मेरीको जन्म नर्वेको बारोया द्विपमा भयो । बाबु क्रितियान माछा निर्यात गर्थे । आमा लोभिस उनैको घरमा काम गर्थिन् । पछि मालिक क्रितियान नै उनको लोग्ने भए । एन १४ वर्षको हुँदा काका एन्द्रेस अमेरिकाबाट फर्के । न्युयोर्कको प्रहरी सेवामा थिए । एनले अमेरिकाबारे धेरै कुरा सुनेकी थिइन्– खुला समाज, प्रेममा स्वच्छन्दता र नाचगान आदि । त्यसैले एन्द्रेस फर्कन लाग्दा सँगै जान खोजिन् तर कम उमेरका कारण सफल भइनन् । जब सन् १९५६ मा १८ वर्ष भइन्, पानीजहाज चढेर अमेरिकातर्फ लागिन् । नौ दिनमा न्युयोर्क पुगिन् । एन्द्रेसले भतिजीलाई घर लगे ।

नीलो आँखा, पहेँलो र खैरो मिश्रित कपाल भएकी सुन्दरी एन एक सातापछि कामको खोजीमा निस्किइन् । एउटा स्केन्डेनेभियाइ रोजगार कम्पनीले न्युयोर्कको फिफ्थ एभेन्युस्थित प्रख्यात धनी नेल्सन रकफेलरको घरमा काम दिलाइदियो । आलिशान घर थियो– २७ कोठा भएको । त्यसो त एन भान्छाको सहायक थिइन् तर कहिलेकाहीँ भ¥याङ र झ्यालको शिशा सफाइ गर्नुपथ्र्यो । पहिलो दिनमै घरका मालिक नेल्सन र मालिक्नी मेरी क्लार्क रकफेलरसँग परिचय भयो । स्मरणीय छ, रकफेलर परिवार उद्योग–व्यवसाय, राजनीति, तेल कम्पनी र बैंकिङ कारोबार सबैतिर हावी छ । रकफेलर दाजुभाइ जोन डी. र विलियमले १९ औं शताब्दीको अन्त्यतिर व्यवसाय खडा गरेका हुन् । नेल्सन उनै जोन डी.का नाति हुन् । जो पछि सन् १९४७ देखि १९७७ सम्म उपराष्ट्रपतिसमेत बने । यसअघि न्युयोर्कका गभर्नर थिए । राष्ट्रपतित्रय फ्रान्कलिन डेलानो रुजबेल्ट, ह्यारी एस. ट्रयुमन र डुवाइट आइजनहावरको कार्यालयमा प्रशासक भई काम गरेका थिए । मेरी उनकी पहिलो श्रीमती हुन्, पाँच सन्तानकी आमा । सन् १९६२ मा मेरीसितको ३२ वर्ष लामो सम्बन्ध बिच्छेदपछि अति मिल्ने साथी जेम्स मर्फीकी श्रीमती मार्गरेट ‘ह्यापी’ मर्फीसँग बिहे गरे । दुई सन्तानकी आमा मार्गरेटले पछि अरु दुई छोरा जन्माइन् । नेल्सनको सन् १९७९, मेरीको सन् १९९९ र मार्गरेटको सन् २०१५ मा निधन भइसकेको छ । रकफेलर परिवार यतिखेर अमेरिकाको २३ औं धनी परिवार हो, जसको सम्पत्ति ११ अर्ब ८० करोड डलर छ ।
घरेलु नोकर्नीको काम गर्दै आएकी एन पाँचौं दिन मालिक्नी मेरीको ड्रेसिङ रुम सरसफाइ गर्दै थिइन् । नजर एउटा फोटोमा प¥यो । फोटो नेल्सन र मेरीका साइँला छोरा स्टिभेनको थियो । २० वर्षीय स्टिभेन सुन्दर र आकर्षक युवक थिए । पढेलेखेको र हृष्टपुष्ट । एनलाई फोटोको युवक मन प¥यो । सपनाको देश अमेरिका, शुरुमै धनी परिवारमा काम र रकफेलर परिवारका सबै सदस्यको नोकर–नोकर्नीप्रतिको सद्व्यवहारले दंग थिइन् । मालिक्नी मेरी अलि कडा मिजासकी । कहिलेकाहीँ एनलाई गाली गर्थिन् । भाषाको पनि समस्या थियो । एन अंग्रेजी राम्रोसँग बुझ्दैनथिन् । टापुको बसाइ, कर्कश हावा, ठिहि¥याउने जाडो, न गाडी, न चलचित्र घर, न डिस्को, क्लब । बारोयोमा मन बहलाउने कुनै चिज थियो त सिर्फ बूढीआमाको प्रेमपत्र । त्यस्तो वातावरणमा हुर्केकी एनको निम्ति अमेरिकाको म्यानहटन एकदमै नौलो थियो । चार महिना हेर्दै, सिक्दै बित्यो । 

क्रिसमस पर्व आउनु तीन दिनअगावै घरको ठूलो हलमा क्रिसमस वृक्ष राखियो । दर्शनका लागि सबै सदस्य उपस्थित भए । प्रत्येकले वृक्षको स्वागत गरे र एनले पहिलोपटक फोटोमा देखेको नौजवान स्टिभेनलाई त्यो दिन भेटिन् । कुराकानी भने भएन । श्रीमान–श्रीमती रकफेलरले सबैलाई एउटा–एउटा खाम दिए । एनको खाममा १० डलरको नोट र शुभकामना कार्ड थियो । वसन्त ऋतुको आगमनसँगै रकफेलर परिवार पोकान्टिको पहाडस्थित बंगलामा बस्न गयो । एन पनि गइन् । ठूलो घाँसेमैदानको बीचमा बंगला थियो । कम्पाउण्डमा ससाना घर थिए । ठूलो बंगलामा नेल्सन एक्लै सुत्थे । अरुलाई प्रवेश बर्जित । स्टिभेन कुकुरलाई अत्यन्त माया गर्थे । दिनमै कैयौंपटक भान्छाघरमा पसेर कुकुरका लागि बनाइने खानाको बारेमा सोध्थे । उक्त बहानामा एनसित कुराकानी गर्थे । केही समयपछि त्यहाँ मेला लाग्यो । सबैले नाच्दै रमाइलो गरे । एन पनि नाचिन् तर स्टिभेन ढोकानिर उभिएर आफ्नो नाच हेर्दै गरेको पत्तो पाइनन् । नाच समाप्त नहुँदै स्टिभेनले आफूसँग घर जान आग्रह गरे । श्रीमती रकफेलरको डरले एन मानिनन् । तैपनि स्टिभेनले जसोतसो मनाएर गाडीमा बसाले । फोर्ड कम्पनीको पुरानो र थोत्रो गाडी थियो तर त्यसको रेडियोमा बज्ने गाना मीठो थियो । स्टिभेनले एनको रोजाइको गीत बजाए । छोटो बाटो नभई लामो बाटो गए । स्टिभेनको भलाद्मी र आदरपूर्वक पेश हुने स्वभावबाट एन निकै प्रभावित बनिन् ।

स्टिभेनले आफूसित प्रेम गर्न थालेको एनले चाल पाइसकेकी थिइन् । तर स्टिभेन बाबुआमादेखि डराउँथे । त्यसैले परिवारको सदस्यसामु आदर गर्ने तर एक्लै परेको बेला एनलाई छुने गर्न थाले । एकदिन आँट गरेरै भने, ‘म तिमीसित एक्लै भेट्न चाहन्छु ।’ एनलाई आफ्नो बाबुको डुंगा ‘निर्वाण’ मा लिएर गए । पहिलोपटक एनको गाला छोए । म्वाइ खाए । रात त्यसैमा बिताए । सबेरै फर्के किनभने एनलाई ७ बजे नै भान्छाघर पुग्नु थियो । दिन बित्दै गयो । एन दिनमा नोकर्नी र राति प्रेमिका बन्दै गइन् । कुराकानी, सँगै गाडीमा घुमघाम, आलिंगन, म्वाइ सबै हुन्थ्यो । स्टिभेन एनलाई ‘टापुइ केटी’, ‘प्राकृतिक मुस्कान भएकी’ भनेर तारिफ गर्थे । एकदिन श्रीमान–श्रीमती रकफेलर नौकाबिहारमा गएको मौका पारी एनलाई घरको मनोरञ्जन कक्षमा लगे । मदिराका लागि नोकरलाई बोलाए । मुख्य नोकरले भित्र एनलाई देखेपछि मन अमिलो पारे । एनको गिलासमा आधा मात्र मदिरा हालिदिए । उक्त नोकरले मालिक्नीलाई सबै कुरो बताइदिन्छन् कि भनी एन डराइन् । नभन्दै घर फर्केकै दिन श्रीमती रकफेलरको आवाज सुनिन् । भन्दै थिइन्, ‘स्टिभेन, तिमी साह्रै असल छौ, एनलाई हाम्रो फोटोका स्लाइड देखायौ । गुड नाइट स्टिभेन एण्ड एन ।’ एन र स्टिभेनले श्रीमती रकफेलरले आफूहरुको ‘प्रणय’ बारे छनक नपाइसकेको ठाने । पुनः भेटघाटमा जुटे । राति स्टिभेन एनको कोठाको झ्यालमा सानो ढुंगाले हान्थे । एन पहिलो तलास्थित स्टिभेनको कोठामा छिर्थिन् । एकदिन दुवै प्रणयमा मग्न थिए, एकाएक कसैले ढोकामा आवाज दियो । स्टिभेनले एनलाई दराजभित्र लुकाए । बाहिर स्टिभेनका भाइ थिए । उनी हिँडिसकेपछि एनले बाहिर निस्कँदै भनिन्, ‘अब यसरी चल्दैन, तनाव भयो ।’

तर स्टिभेनले भने, ‘म तिमीलाई प्रेम गर्दिन तर सम्भव छ, आगामी दिनमा प्रेम गर्न थालुँ ।’ एनले पनि स्टिभेनलाई दबाब दिन उचित ठानिनन् । एकदिन स्टिभेन एनलाई केही नभनी खुसुक्क बाहिरिए । एनलाई शंका लाग्यो, अरु केटीलाई भेट्न गएको । भोलिपल्ट यो कुरामा दुवैबीच सामान्य बाझाबाझ भयो । स्टिभेनले ‘म अब अर्कै केटीसित प्रेम गर्न थालेको छु, त्यसैले आइन्दा भेट्न आउँदिन’ भनेर फर्केको बताएपछि एन हर्षविभोर भइन् । अँगालोमा बेरेर सुँक्सुकाइन् । यसबीच कलेजको पढाइ शुरु भयो । स्टिभेन प्रिन्सटन गए । स्टिभेनको अनुपस्थिति एनलाई खल्लो लाग्न थाल्यो । रकफेलर परिवारको बुहारी बन्नु छ भने नोकर्नीको काम छोड्नुपर्छ भन्ने लाग्यो । मालिक्नीसँग कुरा गरेर छाडिन् पनि । रकफेलरले उनलाई ब्लुमिंगडेल स्टोरमा पठाइन्, जहाँ एनले क्लर्कको काम पाइन् । यसबीच स्टिभेनले एक साताका लागि प्रिन्सटन बोलाए । एन दंग परेर गइन् । त्यहाँबाट फर्केपछि अंग्रेजी सिकिन् । र, क्रिसमस पर्व मनाउन स्टिभेन घर फर्के । एनलाई रात्रिभोजमा आमन्त्रण गरे । सबैले एनसँग सामान्य व्यवहार देखाए । गाडीसम्म छोड्न आएका स्टिभेनलाई एनले नर्वेजियन स्वेटर उपहार दिइन् । बदलामा एनले पनि एउटा खेलौना पाइन् । केही समयपछि स्टिभेन अनिवार्य सैन्य प्रशिक्षणार्थ हिँडे । उनी गएपछि एनलाई श्रीमती रकफेलरले घरमा बोलाइन् । र, सल्लाह दिइन्, ‘केही समय तिमी र स्टिभेन अरुसँग सम्बन्ध जोड । गम्भीर सम्बन्ध नजोडी आनन्द उठाउने चेष्टा गर ।’ तर यो सल्लाहलाई एन र स्टिभेन दुवैले मानेनन् । एकदिन स्टिभेनले एनलाई सिनेमा देखाउन लगे । रात सँगै बिताए ।

यसबीच नेल्सन रकफेलर न्युयोर्क राज्यको गभर्नर बने । एन आफूलाई अप्ठेरो महसुस गर्न थालिन् र साथीसँग भेट्न भनी फ्लोरिडा गइन् । स्टिभेनले त्यो समय उनको नाउँमा दर्जनौं पत्र लेखे । फर्कनेबित्तिकै विमानस्थलबाट सिधै घर लगे । रात्रिभोजको समय नहुञ्जेलसम्म कोठामै बिताए । अचानक स्टिभेनले प्रस्ताव राखे, ‘के तिमी मेरो पत्नी बन्छौ ?’ शुरुमा एनले उक्त वाक्यमाथि विश्वासै गर्न सकिनन् । एकछिनपछि हाँसिन् । उठेर स्टिभेनलाई अँगालोमा बेरिन् र ओंठ चुमिन् । स्टिभेनले यसअघि नै आमाबाबुलाई एनबारे बताइसकेका थिए । त्यसैले भोजनपछि हिँड्न लाग्दा नेल्सनले एउटा बक्सा उपहार दिए । भित्र बहुमूल्य सुन र मुगाको हार थियो । लगत्तै एन नर्वे फर्किन् । स्टिभेनले पत्र पठाएको पठायै गरे । ‘नर्वे फर्केपछि बल्ल तिमीप्रति प्रेमभाव जागेको’ उल्लेख गरे । अगस्त १५ (सन् १९५९) मा बिहे गर्ने बताए । स्टिभेन नर्वे पुगे । चाँडै एनको परिवारसँग घुलमिल भए । तर चार–पाँच दिन भइसक्दा पनि बिहेको बारेमा एक शब्द उच्चारण नगरेपछि एन खिन्न भइन् र सोधिन् पनि । स्टिभेनले हाँस्दै खल्तीबाट हिराजडित औंठी निकाले र लगाइदिए । लगत्तै स्टिभेनका आमा, बुबा, दुइ भाइ र भाउजू नर्वे पुगे । चर्चमा विवाह सम्पन्न भयो । भोलिपल्टै सबै न्युयोर्क फर्के । हनिमून मनाउन स्टिभेन र एन पोकान्टिकातर्फ रवाना भए । अमेरिकालाई सपनामा मात्र देखेकी एन त्यहाँको रइस खानदानको बुहारी बन्न सकेकोमा दंग परिन् । स्टिभेन र एनको बिहेलाई पत्रपत्रिकाले पनि निकै महŒवका साथ समाचार दिएका थिए । 

नोकर्नीबाट धनी परिवारको बुहारी बन्न पुगेकी एनको महŒवाकांक्षा ह्वात्तै बढ्यो । त्यसो त लुगाफाटा किन्न मासिक २ सय ५० डलर पाउँथिन् । तर, केही समयपछि खिन्नता छायो । स्टिभेन काममा मग्न हुन थालेपछि एक्लोपन महसुस गर्न थालिन् । उनी सोच्थिन्, ‘धनी बाउको छोरो, काम गर्न आवश्यक छैन । सधैं समीप बसेर मलाई माया गरिरहुन् ।’ तर रकफेलर परिवारले सधैं, सबै स्थानमा अँगालो हालेर र म्वाइ खाएर नबस्न खबरदारी गरिसकेको थियो । उता स्टिभेनले पनि बच्चाको आमा बनिसकेपछि एनलाई गर्ने मायामा कमी ल्याए । यसबाहेक फुर्सदको समय चराचुरुंगीलाई हेरेर बस्ने, दर्शनशास्त्र र बाइबल पढ्ने गर्न थाले । एन खिन्न बनिन् । मानसिक रोगी भइन् ।

परिवारको एक वरिष्ठ सदस्य जोन डी. रकफेलर जुनियरको निधन हुँदा एनबाहेक कसैको आँखाबाट एक थोपा आँशु खसेन । यो देखेपछि एनलाई लाग्यो रकफेलर परिवारमा मानवीयता मरिसकेको छ । उनले पटक–पटक लोग्नेसँग प्रेमको भीख मागिन् । अन्ततः केही सीप नलागेपछि स्टिभेन र एनको १० वर्ष लामो दाम्पत्य जीवन अन्त्य भयो । सम्बन्धबिच्छेदपछि एन केही समय पोकान्तिको पहाडस्थित बंगलामा बस्न गइन् । तर वर्षको एक डलर भए पनि भाडा तिर्नुपर्छ भनिएपछि रोइन् । ससुरासँग कुरो मिलाएर बसिन् । तर, नेल्सनको सन् १९७९ मा निधन भएपछि त्यो घर पनि छाड्नुप¥यो । रुँदै दक्षिणी राज्य कनेक्टिककको न्यु क्याननमा बस्न गइन् । भएका तीन छोराछोरी पनि बाबुसँगै गएपछि झन् मर्माहत बनिन् । अन्य धेरै पुरुषले ‘सुखी राख्छु’ भनी प्रस्ताव गरे पनि मानिनन् । चित्रकला कोरेर र पुस्तक ‘देयर वाज वन्स अ टाइम’ लेखेर बसिन् । अन्त्यमा एकजना नर्वेजियन–अमेरिकन व्यापारीसँग बिहे गरिन् । तर, पनि समय–समयमा विक्षिप्त बन्दै भन्छिन्, ‘म मर्न चाहन्छु ।’

उता स्टिभेनले सन् १९९१ मा बारबरा बेलोसँग अर्को बिहे गरे । जेन बुद्धधर्मको व्याख्याता बने । विश्वविद्यालयका डिनलगायत दर्जनौं संस्थामा निर्देशक छन् । यतिखेर भर्मोन्ट राज्यको मिडलबुरीमा बस्छन् । दर्शनशास्त्र र धर्म विषयमा अध्यापन गर्छन् । उनी ८१ र एन ७९ का भए ।


प्रतिक्रिया दिनुहोस !