रातारात कसले फेर्यो कोरोनाको रिपोर्ट ?

रातारात कसले फेर्यो कोरोनाको रिपोर्ट ?

गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो नेगेटिभ भेटिएका जनमोर्चा साँसद खिमबिक्रम शाही आज पोजिटिभ रिपोर्ट लिएर एक्कासी अस्पतालको आइसियु भर्ना हुनुमा भने गम्भीर रहस्य लुकेको छ ।

नेपालका अस्पतालहरु कि पैसा कि त राजनीतिमा बिक्दा रहेछन् र स्वास्थ्यजस्तो सँवेदनशील विषयमा कतिसम्म खेलाँची हुने गर्छ भन्ने कुराको यो यौटा ज्वलन्त नमूना हो,जसका दोषीहरुको अविलम्ब किटानी हुनु सबैका हकमा जरुरी देखिन्छ ।

“नेपालका अस्पतालहरु कि पैसा कि त राजनीतिमा बिक्दा रहेछन् र स्वास्थ्यजस्तो सँवेदनशील विषयमा कतिसम्म खेलाँची हुने गर्छ भन्ने कुराको यो यौटा ज्वलन्त नमूना हो,जसका दोषीहरुको किटानी हुनु जरुरी देखिन्छ ।”

हिजो प्रदेशतर्फ एमालेका राजीव पहारी र प्रभा कोइराला तथा काङ्ग्रेसकी मनकुमारी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव मतदान हुनुअगावै आज प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित भएपछि अलपत्र परेको छ ।

सरकार तत्काललाई जोगिएको छ । सँसद बोकाको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो हो भन्दै आएको मोहनबिक्रम सिंह निकट जनमोर्चा पनि एमाले (कर्णाली),माओवादी (संघ) र जसपा (लुम्बिनी) पछि साँसद खरिद बिक्रीको शिकार भएको छ ।

टिप्पणीहरू