दुःखद् संयोग : मेयरलाई हृदयघात उपमेयरलाई ब्रेन ह्यामरेज,एउटै अस्पतालमा उपचार

दुःखद् संयोग : मेयरलाई हृदयघात उपमेयरलाई ब्रेन ह्यामरेज,एउटै अस्पतालमा उपचार

नेपाली काँग्रेस (बीपी) का सभापति हरिबोल भट्टराईलाई आज साँझ हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको छ । अस्पताल स्रोतका अनुसार भट्टराईको तत्काल उपचार थालिएको छ । कार्यालय सचिव सुशिलराज वाग्लेले पनि मुटुको शल्यक्रिया शुरु भइसकेको पुष्टि गरेका छन् ।

हरिबोल पञ्चायतकालमा ०४३ सालदेखि काठमाडौं नगर पञ्चायतका प्रधानपञ्च थिए । उनी नेपाली काँग्रेसको तर्फबाट जनपक्षीय नेताको रुपमा उठेर जितेका हुन् । तर,पछि पञ्चायतको बिरोध गरेवापत निलम्बित भएपछि उपप्रधानपञ्च शारदाप्रसाद भट्टराईले लामो समयसम्म कार्यवाहक प्रधानपञ्च भएर चलाए । हरिबोल काँग्रेस नेता मनमोहन भट्टराईका दाजु हुन् ।

अहिले काँग्रेसका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्रराज जोशी पनि त्यहि अस्पतालमा ब्रेन ह्यामरेजको उपचार गराइरहेका छन् । केही दिनअघि जोशीलाई अकस्मात बिरामी भएपछि अचेत अवस्थामा वीर अस्पताल हुँदै नर्भिक ल्याइएको थियो । जोशी पीएल सिंह मेयर हुँदा उपमेयर थिए ।

टिप्पणीहरू