गृहमन्त्रीमाथि बहुविवाहको आरोप, उम्मेदवारी खारेजीको माग

गृहमन्त्रीमाथि बहुविवाहको आरोप, उम्मेदवारी खारेजीको माग

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध उजुरी परेको छ । सामाजिक अभियन्ता तारा बरालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीमा गठबन्धनका साझा उम्मेदवार खाँणविरुद्ध उजुरी दर्ता गराएकी हुन् । खाँणमाथि बहुविवाहको आरोप लगाउँदै उनले उम्मेदवारी खारेजीको माग गरेकी छन् ।  साथै, अन्य कसूरदारझैं उनलाई पनि कानूनी कारबाही गरिनुपर्ने उजुरीपत्रमा उल्लेख छ । 

‘निर्वाचन आयोगमा बुझाएका दुई विवरणहरु रुपन्देहीमा श्रीमतीको नाम दिलमाया खाँण र तिलोत्तमामा नेपाली कांग्रेसको प्रतिनिधि सभा समानुपातिक महिला उम्मेदवार मञ्जु खाँणको नाम पेश गरिएको हुनाले यसरी दुईवटी श्रीमती राख्न मुलुकी ऐन, २०३० ले नै ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिसकेको अवस्थामा गैरकानुनी र आपराधिक बहुविवाह गरी लुकीछिपी दुईवटी श्रीमतीहरु कानुनी कागजातमै ल्याएको प्रमाण छरपष्ट भइसकेको छ’, उजुरीमा भनिएको छ ।

 

नेपालको संविधान, मुलुकी ऐन २०३० लगायत सबै कानूनले बहुविवाहलाई अपराध मानेको हुनाले कुनै बनावटी, रणनैतिक ढाकछोप नगरी गृहमन्त्री खाँणलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

टिप्पणीहरू