दशैंमा नयाँ नोट साट्नै पर्ने चलन !

दशैंमा नयाँ नोट साट्नै पर्ने चलन !

दशैँ, तिहार र छठका लागि सर्वसाधारणले अर्को सातादेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भदौ २९ गतेदेखि नयाँ नोट साट्ने मिति तोकेको छ ।

काठमाडौं उपत्यकामा भदौ २९ र उपत्यका बाहिर भने असोज दुइ गतेदेखि नयाँ नोट साट्न सकिने बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्न पाउने बताइएको छ । ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट एक÷एक प्याकेट नोट साट्न सकिने जानकारी दिइएको छ ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिनेछ ।

चाडबाडपछि बैंक तथा वित्तीय संस्थामा साना दरका नोट थुप्रिने, नोटको आयु घट्नेलगायत समस्याका कारण यसरी समय तोकेर नयाँ नोट वितरण गर्ने जानकारीप्रति धेरैले अचम्म मानेका छन् । डिजिटल बैंकिङ र कारोबारलाई प्राथमिकता दिइएको भनिएको सन्दर्भमा परम्परागत रुपमा नयाँ नोट वितरण गर्ने प्रणालीले नोट छाप्दा हुने विदेशी मुद्राको खर्च र अन्य पक्षमा ठूलो स्रोतको खर्च हुने गरेको छ ।

टिप्पणीहरू