खुवालुङ कता गायब ?

खुवालुङ कता गायब ?

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा १०५/२०७८/२०७९ नम्बरअन्तर्गत दर्ता भएको ‘खुवालुङ मन्धुम’ नामक मासिक पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक, भोजपुर स्थायी ठेगाना बताउने दिवेश राई भनिने दिवेश बान्तवा ‘दुङमाली’ ६ महिनादेखि डेरा बसेको घरबाट गायब छन् ।

किराँत जातिले पवित्र मान्ने खुवालुङ ढुंगाको नाममा पत्रिका दर्ता गरी कसैलाई संरक्षक, कसैलाई विशिष्ट सदस्य बनाउँदै हिँडेका बान्तवाले घरबेटीलाई भाडा नबुझाउने, कहिले आउनुहुन्छ भन्दा भोलि भोलि भन्ने, कहाँ हुनुहुन्छ भन्दा कहिले भोजपुर, कहिले भारत, कहिले धरान, कहिले हेटौंडा बताउने, पत्रिका छापेको प्रेसको पैसासमेत नबुझाउने गरेका छन् । निजले दार्जीलिङतिर विवाह गरेको र नेपालीहरुस“ग पैसा उठाएर भारततिरै जाने सम्भावनालाई नकार्न सकिँदैन ।

स्मरण रहोस्, खुवालुङ भनेको सुनसरी, बराह क्षेत्र खासगरी सुनसरी, उदयपुर एवं भोजपुर जिल्लाको सिमानालाई छोई बग्ने अरुण नदीको संगम त्रिवेणीको मध्यभागमा अवस्थित ढुंगो हो । वर्षायाममा नदीको सतह उच्च रहने भएकाले खुवालुङ देखिन गाह्रो हुन्छ तर हिउँदमा यसलाई प्रष्ट अवलोकन गर्न सकिन्छ ।

ज्ञातव्य रहोस्, निज बान्तवा ६/६ महिनामा कोठा सर्दै हिँड्ने र आफूले पैसा दिनुपर्ने व्यक्तिलाई विभिन्न बहाना बनाउने गर्छन् भने धेरैजसो फोन नउठाउने त प्रायःजसो निजको मोबाइल फोन स्वीच अफ हुन्छ ।

– देखीजान्नेहरु

टिप्पणीहरू