बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच आज पनि झडप

बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच आज पनि झडप

नुवाकोटको ककनी गाउँपालिका–२ स्थित बञ्चरेडाँडामा जाँदै गरेको फोहोरका गाडीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको छ । सुरक्षाकर्मीको स्कर्टिङमा फोहोर व्यवस्थापनका लागि लैजाँदै गर्दा आज दिउँसो प्रहरी र स्थानीयबिच झडप भएको हो ।

फोहोर बोकेका गाडीमाथि अवरोध पुर्याएका स्थानीय दिपेश कार्कीलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विरोध गर्दै आएका छन् । काठमाडौँ महानगरले पटक पटक छलफल र सहमति गरे पनि केही स्थानीयले स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता विषयलाई मागको रूपमा उठाउँदै फोहोर व्यवस्थापनमा पुनः अवरोध गरेका हुन् ।

टिप्पणीहरू