डाक्टरको लाइसेन्स परीक्षा असोजमा

डाक्टरको लाइसेन्स परीक्षा असोजमा

आगामी असोजमा ६३औं चिकित्सक लाइसेन्स परीक्षा हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले असोज ६ देखि ८ गतेसम्म परीक्षा हुने जानकारी गराएको छ ।

सोसँगै काउन्सिलले आजदेखि ६३औं चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुल्ला गरेको छ । उक्त परीक्षाका लागि भदौ २२ गतेसम्म अनलाइन आवेदन बुझाउन काउन्सिलले आग्रह गरेको हो ।काउन्सिलले जारी गरेको सूचनामा विलम्ब शुल्क तिरेर भदौ २३ र २४ गते पनि आवेदन फारम भर्न सकिन्छ ।

टिप्पणीहरू