नेपाल आउनेले अब सीसीएमसी फाराम भर्न नपर्ने

नेपाल आउनेले अब सीसीएमसी फाराम भर्न नपर्ने

विदेशबाट नेपाल आउने यात्रुले अब कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नेपालीसहित अन्य सबै देशबाट आउने यात्रुले सीसीएमसी फाराम भर्न नपर्ने गराएको हो ।

यसअघि विदेशबाट आउने यात्रुले यात्रा पूर्व नै अनिवार्यरुपले सीसीएमसीको फाराम भर्नुपर्ने नियम थियो । कोरोना महामारीको नयाँ भेरिएन्टको संक्रमण रोकथामका लागि भन्दै गृहले नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सीसीएमसीको फाराम अनिवार्य गरेकोमा अब उक्त व्यवस्था हटेको हो ।

गृहले साउन १२ गते पत्राचार गरि फारम भर्ने व्यवस्था हटाउन दिएको निर्देशनका आधारमा यो निर्णय गरेको अध्यागमन विभागले जनाएको छ । त्यसबाहेक नेपाल यात्रा गर्दा कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने लगायतका अन्य व्यवस्था भने यथावत रहेको विभागले भनेको छ ।

त्यस्तै, खोप लगाएको प्रमाण नभएमा ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने पनि विभागले जनाएको छ ।

टिप्पणीहरू