खोलामा बाढी आएपछि स्थानीयको घरमै सामाजिक सुरक्षा भत्ता

खोलामा बाढी आएपछि स्थानीयको घरमै सामाजिक सुरक्षा भत्ता

इलामको एउटा गाउँपालिकाले स्थानीयको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । भौगोलिक विकटताका कारण सेवाग्राहीलाई सदरमुकामको बैंकसम्म आउजाउ गर्न समस्या भएपछि चुलाचुली गाउँपालिकाले घरमै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बर्खायाममा बैंकसम्म पुगेर भत्ता लिन सेवाग्राहीलाई गाह्रो देखिएपछि उनीहरुको सहजताका लागि उक्त निर्णय गरिएको बताए ।

पालिकामा रहेको एनएमबी बैंकसँगको सहकार्यमा घरमै पुगेर भत्ता वितरण गर्न लागिएको हो । त्यसका लागि पालिकाभित्रका सबै घरको नम्बर यकिनको तयारी भइरहेको पालिका अध्यक्षले जानकारी दिए ।

बर्खामासमा चुलाचुलीका छ वटा वडामा रहेका एक दर्जन बढी स–साना खोलामा जल सतह बढ्न् गरेको छ । त्यसमध्ये कतिपय खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन असहज हुने गरेको स्थानीय बताउँछन् ।

टिप्पणीहरू