नेपाली डाक्टर भड्किएपछि मेडिकल काउन्सिलको स्पष्टिकरण

नेपाली डाक्टर भड्किएपछि मेडिकल काउन्सिलको स्पष्टिकरण

नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सकलाई नेपाली चिकित्सक सरह मान्यता दिने दर्ता परीक्षामा सहभागी गराउने व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ ।

काउन्सिलको नियमावली (पाँचौं संशोधन २०७८) को नियम २० (ङ) र (च) हेरफेर गरी विदेशीलाई नेपाली चिकित्सक सरह मान्यता दिने निर्णय गरेको भन्दै विरोध भएपछि काउन्सिलले स्पष्ट पारेको हो ।

काउन्सिलले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधिको आपसी मान्यताको विषय दुवै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारीअनुसार कायन्सिलको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी काम कारबाही अगाडि बढेको छ ।’उक्त प्रक्रियाको निम्ति भारतीय पक्षबाट प्रस्तावित परीक्षाको प्रावधान राखिएको र सो व्यवस्थाले चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन नआएको काउन्सिलले स्पष्ट पारेको हो ।

काउन्सिलका अनुसार यस्ता परीक्षा पूर्वयोग्यताका लागि मात्र प्रयोग हुने र परीक्षामा सफल उम्मेदवारहरु स्वतः दर्ता नहुने व्यवस्था ऐन तथा नियमावलीमा स्पष्ट छ । विदेशीलाई नेपाली चिकित्सक सरह मान्यता दिनेगरी चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने निर्णय गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले विरोध गर्दै आएको छ ।

टिप्पणीहरू