नेपाल इञ्जिनियरिङ परिषद्
इञ्जिनियरिङ परिषद्मा रजिष्ट्रार खोजी
नेपाल इञ्जिनियरिङ परिषद्मा रजिष्ट्रार नियुक्तिको प्रक्रिया शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उक्त पदका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी १५ दिनभित्र मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखामा आवेदन दिन भनिएको छ । उम्मेदवारको न्यूनतम योग्यता नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ र नियमावली, २०५७ बमोजिम हुनुपर्ने छ । जसमा इञ्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट क…