शल्यक्रिया

नेपालमै बनाइयो पुरुषलाई महिला

नेपालमा पहिलोपल्ट ट्रान्सजेन्डर (तेस्रो लिंगी)को सफल शल्यक्रिया भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले आज पत्रकार सम्मेलन गरेर जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरको ‘सेक्स चेञ्ज’ (लिंग परिवर्तन) शल्यक्रिया सफल भएको जानकारी दिएको छ । अस्पतालको प्लास्टिक तथा एस्थेटिक सर्जरी विभाग प्रमुख डा. जयमान श्रेष्ठको संयोजन र विदेशी प्लाष्टिक सर्जन डा. अलिरेजा हमिदिएन जारोमीको नेतृत्वको चिकित्सकीय टोलीले उक्त शल्यक्रिया गरेको हो । पुरुष जनेन्द्रिय भएकी ती ट्रान्सजेन्डरमा शल्यक्रिय…