पाठ्यक्रम विकास केन्द्र

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नु : पाठ्यक्रम विकास केन्द्र

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले मुलुकभरका स्थानीय तह र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गरेको परिपत्रमा उक्त निर्देशन उल्लेख छ ।  शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ मा विद्यालयहरुले प्रयोग गर्ने पाठ्यसामग्री तथा पाठ्यपुस्तक केन्द्रले स्वीकृत गरेको सूचीमा हुनुपर्ने प्रावधान छ ।  त्यस्तै, पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा २७ को उपदफा (१) बमो…