विदेशको नाममा नियमित ठगी, अमेरिका र कोरियाको प्रलोभन देखाउने राणा पक्राउ
वैदेशिक रोजगारीमा राम्रो मुलुक पठाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्रेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका र कोरिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेका ४२ वर्षीय पवन राणालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १४ घर भई हाल कपन बस्दै आएका उनले वैदेशिक रोजगारीमा अमेरिका र दक्षिण कोरिया पठाइदिने भन्दै सयौ जनाबाट करोडौं रुपैयाँ असुलेको तथ्य खुलेको छ ।
रकम लिएर राणा एकाएक सम्पर्कविही…