राजेन्द्रध्वज खड्का
यस्तो किन लाग्छ मलाई ?
कता कता जिन्दगी एक्लो एक्लो लाग्न थालेको छ । सायद आफूले बुझ्न नसकिरहेको हुनाले होला । जीवन भनेको एक्लै हुन्छ । एक्लै जन्मिन्छौं र अन्त्य पनि एक्लो हुन्छ । जन्म र मृत्युको बीचमा जीवन चलायमान हुन्छ । यही बीचको जीवन नै हाम्रो वास्तविक जीवन हो । मलाई जीवनदेखि कुनै गुनासो छैन किनकि प्रारब्ध नै त्यस्तै भयो । जन्मँदै दुःखको महासागर थियो । चाहेर पनि सुख र आनन्द प्राप्त गर्न सकिन । नभएको केही थिएन । वंशमा मजस्तो धनी र सम्मानित व्यक्तित्व अरु कोही थिएन । मान थियो, इज्जत र प्रतिष्ठा…