भानुभक्त आचार्य
भानुजयन्तीमा बिहानै शोभायात्रा
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी, रम्घामा जन्मिएका आदीकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती मनाइँदैछ । आचार्यको सम्झनामा देश विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सोही अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा प्रतिष्ठानमा गोष्ठी तथा शोभायात्रा गरिएको छ । शोभायात्रामा साहित्य सर्जकसँगै विद्यार्थीहरुको उपस्थिति थियो । नेपाली साहित्यको धरोहर आचार्यले सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाक…