कुन्जाङ छोपेल शेर्पा
अरुलाई गाली मात्र गर्ने कि आफू पनि सुध्रिने ?
अरुमाथि हिलो छ्यापेर आफू पानीमाथिको ओभानो बन्न खोज्ने जमात नेपाली समाजमा बढ्दै गएको छ । आफू केही गर्न नसक्ने र अरुलाई गाली गर्ने प्रवृत्ति समाजमा मौलाएको छ । भनिन्छ,‘सुधार पहिले आफैंबाट शुरु गर्नुपर्छ ।’ आफू नसुध्रिने,व्यवहारमा परिवर्तन नल्याउने तर अरुलाई गाली मात्रै गर्ने कार्यले देशलाई नकारात्मकतातर्फ धकेल्दै छ । मुलुकमा साक्षरता दर बढ्दै गएको छ । अक्षर चिन्नेहरुको संख्यामा बृद्धि भए पनि नैतिक शिक्षामा भने अवस्था खस्किँदो छ । नैतिक शिक्षाले व्यक्तिलाई असल व्यवहार…