ढुण्डीराज शास्त्री
श्रद्धाञ्जलीका लागि पूर्वमन्त्री शास्त्रीको शव सानेपामा राखिने
नेपाली काँग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राख्ने भएको छ । आज बिहान उपचारका क्रममा बितेका उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलि दुई घण्टा ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राख्न लागिएको हो । बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा उनको श्रद्धाञ्जली कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । पूर्व उद्योगमन्त्री एवं काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्यसमेत रहेका ९० वर्षीय शास्त्रीको काठमाडौंको सिनामंगलस्थित केएमसी अ…