मेलमिलाप

झगडिया मिलाउने भएभरका झसङ्ग

मेलमिलापमार्फत मुद्दाको किनारा लगाउने पद्धति पछिल्लो समय निकै लोकप्रिय छ । स्थानीय न्यायिक समितिदेखि अदालतमा समेत अधिकांश मुद्दा सुल्झाउन यही पद्धति अपनाइँदै आइएको छ । मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षबीचको सम्बन्ध राम्रो र समयको बचत समेत हुने न्यायाधीशहरू नै बताउँछन् । तर तिनै मुद्दा मिलाउनेहरूको मन सरकारले मिलाउन नसक्दा अहिले अदालतमा असन्तोषको चाङ चुलिँदो छ ।  सम्बन्धविच्छेद, अंशबण्डा, कुटपिट, जग्गा खिचोलालगायतका मुद्दामा मेलमिलाप गर्न सकिन…