महामन्त्री विश्वप्रकाश शर्मा

तीन नेताले राजनीतिबाट सन्यास लिएपछि जनता खुशी हुने महामन्त्रीको विश्वास

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासहित नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् । तीन शीर्ष नेताले राजनीतिबाट सन्यास लिएको घोषणा गरेको दिन नेपाली जनता पनि औधी खुशी हुने उनको भनाई छ ।  आज गृह जिल्ला झापा पुगेका शर्माले मेचीनगर-९ स्थित पशुपतिमा खानेपानी ट्यांकीको शिलान्यास गर्दै तीन शीर्ष नेत…