शंखरापुर नगरपालिका
सब स्टेशन विद्युत प्राधिकरणको, विरोध एमसीसीको
काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३, बोझिनीमा निर्माणाधीन सब स्टेशनस्थलमा आज पनि स्थानीयले अवरोध गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयोजक रञ्जित तामाङ्गको नेतृत्वमा स्थानीय तुलाराम तामाङ्गलगायत करिब दुई दर्जनले ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । प्रदर्श…