बगदाद फेरि बलौटे आँधीको चपेटामा

बगदाद फेरि बलौटे आँधीको चपेटामा

इराकको राजधानी बगदादमा करिब २ हप्ताको अन्तरालमा फेरि बालुवाको आँधी देखा परेको छ, आकाशको ठूलो भाग बालुवाको कणले छोपिएको छ । आँधीको कारण राजधानीमा कैयौं श्वासप्रश्वासका बिरामी भेटिएका छन् भने निसास्सिएर अस्पताल भर्ना हुनेको संख्या ४ हजार पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँधीका कारण एयरपोर्टहरूलाई अस्थायी रूपमा बन्द गरिएको छ भने उडानहरू स्थगित भएका छन् ।

जलवायु परिवर्तनसँग जोडिएको माटोको क्षय,अत्यधिक खडेरी र कम वर्षा हुनु नै यस्तो आँधी आउनुको प्रमुख कारण मानिएको छ। इराकमा अप्रिलको मध्यदेखि अहिलेसम्म यो आठौं आँधी हो ।

श्रोत: RT, Ruptly

टिप्पणीहरू