बारा र मोरङमा अमेरिकी पेस्तोल र गोली फालाफाल

बारा र मोरङमा अमेरिकी पेस्तोल र गोली फालाफाल

बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलमा पेस्तोल र म्याग्जिन फेला परेको छ । होटलमा मेड इन युएसए लेखिएको म्याग्जिनसहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिन राखेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिकाको गंगानगर बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र २० वर्षीय जितेन्द्रप्रसाद कुशवाहा हुन् । यादव र कुशवाहा हतियारसहित होटलमा बसेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो ।

उता मोरङमा पनि पेस्तोल फेला परेको छ । कानेपोखरी गाउँपालिका–६, शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पनि मेड इन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो ।

घरमा पेस्तोल लुकाई राखेको सुराकीको आधारमा प्रहरी टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियारसहित राईलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू