असइकी श्रीमती अर्कैसँग, छोरी पनि ताक्दा फन्दामा

असइकी श्रीमती अर्कैसँग, छोरी पनि ताक्दा फन्दामा

श्रीमान् सशस्त्र प्रहरीको असइ, घरमा दुर्ई छोरी तर धेरै समय परपुरुषसँगै । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको हर्कत हो, यो । यति मात्रै होइन, ती महिलाकी नौ वर्षीया छोरीलाई पनि युवकले गिद्धे नजरले हेर्ने र बाल यौन दुरूपयोगसमेत गर्ने गरेको रहस्य खुलेको छ ।

बालिकालाई दुव्र्यवहार गरेकाले इटहरी–४ का ३८ वर्षीय किसनकुमार उदास समातिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन् । विवाहपश्चात पनि ती बालिकालाई यौन दुरूपयोग गर्ने गरेको आरोप लगाउँदै उजुरी परेको छ, सोही आधारमा पक्राउ गरिएको हो । उनका अनुसार किसनले बालिकाका संवेदनशील अंगमा हातपात गर्ने, समाउने, मुसार्नेजस्ता क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उजुर गरेकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकाकी आमा र किसनकुमारबीच केही वर्षदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको थियो । सोही कारण वैशाखमा पहिलाका पतिलाई छाडेर उनले किसनसँगै विवाह गरेकी थिइन् । विवाह गर्नुअघि किसनकुमारसँग दिनहुँजसो भेटघाट हुन्थ्यो ।

यसरी बाहिरियो घटना

श्रीमान् सशस्त्रको जागिरमै रहन्थे । धेरैजसो दिन किसन ती महिलाकहाँ आउँथे, कहिले उनी नै छोरीसँग किसनको घरमै जान्थिन् । किसनले बेला–बेला बालिकाका संवेदनशील अंग मुसार्ने, खेलाउनेजस्ता हर्कत पनि गर्थे । एकदिन अति भएपछि बालिकाले बाबुलाई फोन सम्पर्क गरिन् । लगत्तै जागिरबाट बाबु घर आए । घरमा आएर छोरीले सुनाएका क्रियाकलापबारे बुझ्दा ती महिलाले स्वीकार गरिन् ।

‘श्रीमान् र श्रीमतीबीच धेरै वादविवाद भएपछि दुवै पक्षका आफन्तलाई साक्षी राखेर किसन र ती महिलाबीच गत वैशाखमा विवाह भएको थियो,’ स्थानीय एक महिलाले भनिन्, ‘उनीहरूको विवाह भयो, तैपनि बच्चीलाई संवेदनशील अंगमा पटकपटक हातपात गरेपछि असह्य भएका कारण फुपूको सहारा लिएर बालिकाले उजुर गरिन् ।’

बालिकाकी ३३ वर्षीया आमालाई दुवै पक्षका आफन्त राखेर तरहराको एक मन्दिरमा विवाह गरिएको थियो ।

– धनबहादुर पुरी

टिप्पणीहरू