३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

प्रहरीले ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार गर्दै आएका भोजे भन्ने भोजराज भण्डारी आज प्रहरीको फन्दामा परेका हुन् ।

संजिव शाक्यको जाहेरीअनुसार भण्डारीले सुरेन्द्र गौतम समेत भएको अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबारसँगै अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कर्तुत गरेको बताइन्छ ।

शाक्यको जाहेरीबमोजिमको मुद्दामा फरार रहेका प्रतिवादी भण्डारी झापा गौरादह नगरपालिका ८, निवासी हुन् । मोरङ जिल्ला अदालतबाट म्याद जारी उनलाई आज महानगरीय प्रहरी परिसरबाट खटिएको टोलिले भण्डारीलाई काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू