मन्त्री उता, बोलाउने बेपत्ता

कपाल मिलाउँदै र झण्डा हल्लाउँदै राज्यमन्त्रीले त्रिशुली काटिन्, तर बाटोबाटै फिर्ता ! कारण थियो, बोलाउनेहरू नै बेपत्ता ! कृषि राज्यमन्त्री राधिका तामाङ अस्ति सम्पन्न गोरु जात्रामा भाग लिन जाँदै गर्दा उनलाई रिसिभ गर्न आयोजकहरू नआइदिए पछि हिस्स परेर फर्किनुपरेको हो ।

हरेक वर्ष माघ एक गते नुवाकोटको तारुकामा गोरु जुधाइन्छ । यसपालि आयोजकले एमाले र कांग्रेसका नेतालाई लगे । तर, बोलाएर पनि राधिकालाई बेवास्ता गरेपछि उनी रिसाएर फर्किएकी हुन् । कार्यक्रममा एमाले र माओवादीका प्रायः सबै नुवाकोटे सांसद पुगेका थिए । राधिकाचाहिँ आयोजकले बोलाएको ठाउँमा पुगिन्, तर मान–खातिर गर्नेहरू कोही पनि देखिनन् ।

टिप्पणीहरू