निर्वाचन आयोगले भन्यो, ‘माओवादी केन्द्र वैधानिक छ’

निर्वाचन आयोगले भन्यो, ‘माओवादी केन्द्र वैधानिक छ’

नेकपा (माओवादी केन्द्र)को दल दर्ता खारेजीका लागि परेको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । आयोगले माओवादी केन्द्र वैधानिक रहेको ठहर गर्दै निवेदनउपर छलफल आवश्यक नभएको बताएको हो ।

असार २३ गते अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता नरहेको दाबीसहित निवेदन दर्ता गरेका थिए । आज बसेको आयोगका पदाधिकारीहरुको बैठकले उक्त निवेदन खारेज गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू