गुरु नै गतिछाडा ‘गोरु’ बनेपछि …..

गुरु नै गतिछाडा ‘गोरु’ बनेपछि …..

पितापछिको दोस्रो दर्जामा राखिएका गुरुले नै अवोध बालिकालाई बलात्कार गरेपछि हाम्रो समाज कता जान थालेको होला ? हालै कतिपय जिल्लामा पिताबाट पनि छोरीहरु बलात्कृत भएका खबर आइरहेका छन् ।

यहि क्रममा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२,पुलामी टोलस्थित चण्डेश्वरी इङ्लिश बोर्डिङ स्कूलका प्रिन्सिपलले दुई जना १० वर्षीया बालिकालाई यौन दुर्ब्यवहार गरेका छन् ।

झापाको शिवसतासी नगरपालिका–८,झिलझिलेका ३० वर्षीय प्रिन्सिपल करण राई उक्त अभियोगमा हिजो पक्राउ परेका हुन् । उनले ती बालिकालाई गत बिहीबार स्कूलको कक्षा कोठाभित्र यौन दुर्ब्यवहार गरेको प्रहरीले बताएको छ ।

नुवाकोटको विदुर नगरपालिका–७,तुप्चेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय २९ वर्षीय ललित बिक र २० वर्षीय सुवास थापा मगर पक्राउ परेका छन् ।

किशोरीलाई ललितको कोठामा लगी उनीहरूले गत सोमबार पालैपालो जबरजस्ती करणी गरेको बताइएको छ ।

टिप्पणीहरू