उपत्यका भित्र धमाधम खाद्यान्नको ओइरो

उपत्यका भित्र धमाधम खाद्यान्नको ओइरो

निषेधाज्ञा खुकुलो भएसँगै राजधानी भित्रिने सवारी साधनको संख्यामा पनि बढोत्तरी भएको छ । त्यसमध्ये खाद्यान्न,फलफूल र अन्य अत्यावश्यक सामान बोकेका ठूला, मझौला तथा साना सवारी साधनको संख्या केही दिनदेखि बढेको हो ।

हिजो बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म थानकोट नाकाबाट खाद्यान्न बोकेका एक सयभन्दा बढी सवारी साधन भित्रिएका हुन् । जसमा जिउँदो कुखुरा बोकेका ४८ वटा,फलफूल बोकेका ४३ वटा,दूध बोकेका २७ र औषधी बोकेका २८ वटा सवारी साधन राजधानी काठमाडौंमा भित्रिएका छन् ।

प्राप्त विवरणअनुसार हिजो दिनभर उक्त नाका भएर राजधानीमा एक हजार दुई सय ३४ वटा मालवाहक ठूला सवारी साधन भित्रिएका छन् । त्यसैगरी १ सय २२ वटा पिकअपमा पनि खाद्यान्न र अत्यावश्यक सामान भित्रिएका छन् ।

टिप्पणीहरू