आज १५ जनाको निधन, १५ सय निको हुँदा २६ सयमा संक्रमण
कोरोनाबाट आज १५ जनाको ज्यान गएको छ । २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय ६५ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ३ पीसीआर तथा ५ हजार ८२ एन्टिजेन गरी १२ हजार ५ सय ८५ जनामा परीक्षण गरिएको थियो ।
आज मुलकभर २५ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू