किन भयो होण्डा CB 350 DLX यति लोकप्रिय ?

किन भयो होण्डा CB 350 DLX यति लोकप्रिय ?

होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्राएको ऋद्य घछण् म्ीह् ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभाएको छ ।

केहि साता अघि लन्च गरिएको यस बाइक आज स्टक आउट भएको छ र अब उपरान्त बाइक खरिद गर्न इच्छुक बाइकरहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने हुनेछ । आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको छ ।

३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको ीभ्म् हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।

 

 

टिप्पणीहरू